
आन्दोलनरत पहिचानवादी पाँच संस्थाले आज बिहानैदेखि मेची राजमार्ग बन्द भएको छ। कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण आज पनि बिहानै देखि मेची राजमार्गमा यातायात ठप्प भएको छ।
आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गरी हिजो र आज मेची राजमार्ग बन्द आह्वान गरिएको हो।
बन्दका कारण बिहानैदेखि मेची राजमार्गमा छोटो र लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। पहिचानवादी पाँच संस्थाले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन्।
कोशी प्रदेशको नाम सच्याउन माग गर्दैै गत मंसिर ३० र पुस १ गते बन्द आह्वान गरिएको थियो। त्यसक्रममा मंसिर ३० मा इलामको रोङ गाउँपालिका–४ स्थित मेची राजमार्गमा मे १ च ११४० नम्बरको पिकअप आगगनी गरिएको थियो। झापाबाट पराल बोकेर आइरहेको पिकअप आगजनी गरेको भन्दै प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षे अञ्जन राई (बुलेट किराती) लाई पक्रेको छ।
तर, आन्दोलनरत समूहले पिकअपमा आफूहरूले आगजनी नगरेको भएपनि राईलाई झुटो मुद्दामा पक्राउ गरिएको दाबी गरेको छ। बन्द आह्वानकर्ताले जारी गरेको विज्ञप्तिमा यातायात बन्दका बेला गाडीमा आगजनीको गतिविधि आफूहरूले नगरेको र नगर्ने दाबी गरिएको छ। उनीहरूले पक्राउ राईलाई रिहा नगरेसम्म विरोध जारी रहने चेतावनी दिएका छन्। दुुई चक्के सवारी साधन भने नरोकिएको । झापा जिल्ला संयोजक पान्डब लाल चौधरिले बताए ।