झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ जयपुर स्थित श्री आदर्श माध्यमिक विद्यालयको ६४ औँ वार्षिक उत्सव समारोह तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार पोखरेलको सभापतित्वमा भएको समापन कार्यक्रममा देवी प्रसाद स्मृतिका संस्थापक ज्ञानेन्द्र प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो ।
बुद्धशान्ति गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कमलप्रसाद निरौला, बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्ली प्रसाद ओली, विद्यालय संस्थापक सदस्य तथा परिवार प्रतिनिधि, विद्यालयका जग्गादाता, पूर्व शिक्षक,पूर्व शिक्षक-अभिभावक सङ्घ प्रतिनिधि, बुद्धिजीवी,१ समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।
यसपूर्व विद्यालयले बुद्धशान्ति गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख कमलप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा अन्तर विद्यालय माध्यमिक तह चित्रकला प्रतियोगिता, नर्सरीदेखि कक्षा १२ सम्म विभिन्न विधामा दौड, हाइ जम्प लङ्ग जम्प भाले जुदाई अभिभावक र शिक्षकबीच तातोआलु, तौल अनुमान लगाउने, म्युजिकल चेयर खेल जस्ता विविध कार्यक्रम गरी उद्घाटन समारोह सम्पन्न गरेको थियो ।
त्यस्तै नेपाल सरकारका सचिव केवलप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा विविध अक्षय कोषबाट छात्रावृत्ति प्रदान, अन्तर सदन-अन्तरकक्षा तथा खुला नित्य तथा गायन प्रस्तुत , विद्यालयबाट कक्षा १० उत्तीर्ण हुने र कक्षा १२ उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान, विभिन्न विधामा शिक्षक सम्मान जस्ता कार्यक्रम गरी दोस्रो दिनको समारोह सम्पन्न गरेको थियो ।त्यस्तै आज भएको समापन कार्यक्रममा विद्यालयले विभिन्न विधामा कार्यक्रम सम्पन्न गरेको छ । आधुनिकता लाई मध्यनजर गर्दै प्रविधिको प्रयोग गरेर विद्यार्थीहरूबीच अन्तर सदनात्मक अनलाइन हाजिर जवाफ सम्पन्न गरिएको थियो अनलाइन हाजिरजवाफ गरेसँगै बुद्धशान्तिका विद्यालयमा अनलाइन हाजिरी जवाफ गर्ने पहिलो विद्यालयका रूपमा चिनिएको छ ।
त्यस्तै विद्यालयको आयोजना र युवा शिक्षा तथा खेलकुद शाखा को प्रायोजनमा अन्तरविद्यालय विज्ञान प्रदर्शनी कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आदर्श माध्यमिक विद्यालय जयपुर प्रथम बुद्धआदर्श माध्यमिक विद्यालय बुधबारे द्वितीय र शान्ति आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति-६ तृतीय भएको छ ।
६४औं वार्षिकोत्सव समारोह-२०८० को पावन अवसरमा सञ्चालित देवी प्रसाई स्मृति रनिङ सिल्ड अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता – छात्र मा राष्ट्रिय विजय मा.वि. ले ४-० गोल अन्तरले उपाधी हाँसिल गरेको थियो भने लिटल एन्जल चारआली दोश्रो स्थान हाँसिल गरेको छ ।
खेलमा उत्कृष्ठ अनुशासित टिममा नवकिरण आधारभूत विद्यालय, उत्कृष्ट खेलाडीमा राष्ट्रिय विजय मा.वि. का कृष्ण कार्की, उदयमान खेलाडीका रूपमा लिटल एन्जल चारआलीका इनिस उराउ चयन भएका छन् । विजेता टिम राष्ट्रिय विजय मावि ले २५ हजार नगद,मेडल,ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता टिम लिटल एन्जल चाराली ले १५००० नगद,मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ ।