
झापाको बुद्धशान्ति –१ मा टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता हिजो बाट सुरू भएको छ ।
वडा खेलकुद बिकास समितिको बुद्धशान्ति १ को आयोजनामा तथा एभरेष्ट साबुन उद्योग सह प्रायोजकको रूपमा रहेर सन्चालन भएको प्रतियोगिता श्री त्रिभुवन माविको खेल मैदानमा बिहिवार बाट प्रतियोगिता सन्चालन भएको हो ।
हिजो भएको पहिलो खेलमा ३ नम्बर टोल र ६ नम्बर टोल बिच भएको खेलमा ३-० गोल अन्तरले हराउदै ६ नम्बर टो ल सेमिफाईनलमा पुगेको छ । त्यस्तै हिजै भएको दोस्रो खेलमा ४ नम्बर टोल र २ नम्बर, टोल विच भएको खेलमा ०-२ गोल अन्तरले हराउदै टोल नम्बर २ सेमिफाईनलमा पुगेको हो । ५ नम्बर टोल र १ नम्बर टोल विच भएको खेलमा ०-१ गोल अन्तरले हराउदै
१ नम्बर टोलले अग्रता दिलाएको थियो ।
साथै हिजो भएको अन्तिम खेलमा टोन नम्बर ६ र ९ नम्बर टोल विच भएको खेलमा ०-१ गोल अन्तरले हराउदै ९ नम्बर टोल सेमिफाईनलमा पुगेको
आयोजक समितिका संयोजक एवम् वडा खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राईले जानकारि दिनु भयो ।
बुद्धशान्ति वडा खेलकुद विकास संयोजक बालकुमार,राइको अध्यक्ष तामा साथै बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा खतिवडाको प्रमुख आतिथ्यतामा बिहिवार उत्घाटन गरिएको प्रतियोगितामा सम्पुर्ण टोलका प्रतिनिधी स्थानिय समाजसेवि सुरक्षा कर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो।खेलमा प्रतियोगिताको बिजेताले १५ हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १० हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने खेल व्यवस्थापन समितिका सचिव गजुहाङ योहाङले बताउनु भयो ।
यसका साथै खेल अवधिभर खेलाडीहरूलाई लाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रतेक खेलमा खेलाडि हरूलाई १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिदै आएको बताईएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको समितिका सचिव गजुहाङ योङहाङ बताउनु हुन्छ ।
माघ ११ गते वाट सन्चालन भएको प्रतियोगिता भोलि १३ गते सम्म सन्चालन हुने बताईएको छ खेलमा जम्मा ९ वटा टिमको सहभागीता रहने वडा नं १ खेलकुद विकास समितिका सहसचिब मनोज थेगिम लिम्बूले जानकारि दिनु भयो ।