
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री नमुना आधारभुत विद्यालयले आफ्नो ४२औँ बार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालय व्यवसथापन समितिका अध्यक्ष विरेन्द्र कुमार घतानीको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नं १का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव सम्पन्न भएको हो ।
माघ १० र ११ गते भएको बार्षिकोत्सवको समापनका दिन अक्षय कोषबाट छात्रावृत्ति प्रदान,अन्तरकक्षा तथा खुला नित्य गायन विभिन्न जात जातिको भेष भुषामा नृत्य प्रस्तुत ,विद्यालयका शिक्षक शिक्षिका साथै अभिभावकहरूको नृत्य समेत प्रस्तुत गरिएको थियो ।
सम्पुर्ण शिक्षक शिक्षिकाहरूले स्वास्ती बाचन गरि प्रमुख अतिथीले पानसमा बत्तिबालेर उत्घाटन गरिएको कार्यक्रममा पुर्व विद्यार्थी विद्यालयका तेक्वान्दो प्रशिक्षक साथै विद्यालयका सम्पुर्ण अक्षय कोषदाता हरूलाई विद्यालयका प्रधानाध्यापक गायत्रा ढुङ्गेल विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र घतानि र कार्यक्रमका प्रमुख अतिथि अनिल वाग्लेले
दोसल्ला ओडाएर सम्मान पत्र द्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बुद्धआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, विद्यालयका संस्थापक सदस्य तथा परिवार प्रतिनिधि, विद्यालयका जग्गादाता, पूर्व शिक्षक, बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा सदस्य मोहन कुमार राई,कार्यपालिका सदस्य तुलसा खतिवडा, सदस्य,सुमित्रा रसाईलि,एभरेष्ट साबुन उद्योगका सन्चालक खगेन लामिछाने,भिषण वाग्ले विभिन्न सघ संस्थाका प्रतिनिधिहरू अभिभावक विद्यार्थिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वाग्ले ले सामुदाहिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षक र स्थानिय सरकारका जनप्रतिनिधिले मात्र प्रयास गर्दा शिक्षामा सुधार नहुने भएकाले अभिभावकहरू पनि उत्तिकै जिम्मेवारी हुनु पर्ने बताउनु भयो उहाँले भन्नू भयो हामिले सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नका लागि
बुद्धशान्ति गाउँपालिका वडा नम्वर १ ले आफ्ना वडामा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत ‘क्लोज क्याम्प’ कार्यक्रमको सुभारम्भ थालि सकेका छौ ।
वडाका तीनवटै विद्यालयलाई वडाले वजेट बिनियोजन गरेर दुई महिना सम्म क्लोज क्याम्प सञ्चालन भईरहेकाले
आर्थिक अवस्था कमजोर भएका अभिभावकका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने भएकाले अभिभावकले आफ्ना छोराछोरीलाई उक्त कक्षामा नियमित पठाउन समेत आग्रह गर्नु भयो । कार्यक्रममा अक्षयकोष दाता प्रेम नेम्वाङ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विरेन्र्द घतानि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य गोमा ल्वागुनले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुहुँदै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा विद्यालयको ४२औ•वार्षिक उत्सव समारोहमा बुद्धशान्ति गाउँपालिका वडा नं १ मा अवस्थित एभरेष्ट साबुन उद्योगले कक्षा १-२-३ का विद्यार्थीहरूलाई ४२ थान व्याग समेत वितरण गरेको थियो ।
विद्यालयमा अध्यनरत साना साना नानिहरूलाई यो चिसो मौसममा हातमा किताब कापि बोकेर आउन समस्या हुने साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरूलाई यो सानो सहयोगले पनि ठूलो राहत मिल्ने भएकाले हामिले व्याग नै वितरण गर्दा राम्रो हुने भएकाले विद्यालयको सल्लाह अनुसार व्याग वितरण गरेको एभरेष्ट साबुन उद्योगका सन्चालक खडानन्द लामिछानेले बताउनु भयो । २०७५ सालमा स्थापना भई यश उद्योगले यश अघि पनि विभिन्न संघसस्थाहरू सँगको सहकार्यमा विभिन्न कार्यक्रमहरूमा पनि एभरेष्ट साबुन उद्योगले सहयोग गर्दै आएको अर्का संचालक विभिषण वाग्ले बताउनु हुन्छ ।
यश एभरेष्ट साबुन उद्योग बुद्धशान्ति १ मा हालै सन्चालन भईरहेको टोल स्तरिय फुटबल प्रतियोगिताको सहआयोजकको रूपमा समेत रहेको बताईएको छ ।
विद्यालयको प्राङगणमा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक गायत्रा ढुङ्गेल र शिक्षीका गोमा भट्टराईले गर्नुभएको थियो ।