झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित गोपाल डाँडा आसपासका क्षेत्रमा हात्ती धपाउने निउँमा चोरको बिगबिगी बढेको छ । बुद्धशान्ति वडा नं २ स्थित गोपाल डाँडा आसपासका क्षेत्रमा हात्ती गाउँ प्रवेश गर्दा हात्तीले भन्दा धेरै बिगार हात्ती खेदाउने नाममा हात्ती खेदाउने मान्छेले धेरै बिगार गर्ने गरेको स्थानिय विष्णु पौडेल गुनासो गर्नुहुन्छ ।केही दिन यता बुद्धशान्ति गाउँपालिकामा हात्ति खेदाउने निउँमा गाउँमा पसेर गोठमा बाँधेको पशुचौपाय नै फुकाएर लैजान थालेका छन,।
बुद्धशान्ति २ स्थित गोपाल डाँडाका विष्णु पौडेलको १४ गते राति करिब १० बजेको समयमा हात्ती खेदाउन आएका अपरिचित व्याक्तिले गोठमा बाँधेको भैसी फुकाएर केही पर जङ्गल पुर्याउदै गर्दा स्थानियले देखे पछि भैंसी छोडेर भागेपछि आफ्नो भैंसी खोजि गर्दै जाँदा केही पर जंगलमा आफ्नो भैंसी भेट्टाए ल्याएको पौडेल बताउनु हुन्छ । भैंसी हराएको २ दिन पछि पुन हात्ती खेदाउन हिडेका केही अपरिचित व्याक्तिले गोपाल डाँडाकी ८१ वर्षकी भगिरथा ढकाल वृद्धआमाको कानमा र नाकमा लगाएको सुन समेत चोरेर भागेपछि वृद्धआमालेे कराउन थाले पछि स्थानिय त्यहाँ पुग्दा आमाको कान र नाकमा लगाएको सुन चोरेर चोरहरू भागि सकेका रहेछन स्थानिय यसोदा आचार्य बताउनु हुन्छ। रात पर्न नपाउँदै बुद्धशान्तिका विभिन्न ठाउँहरूमा हात्ती खेदाउने निउँमा गाउँमा परेस बारिमा रोपेको आलु खनेर लाने केराका घरि काटेर लाने सुपारि झारेर लाने बालिनानि भाँचेर टेकेर नष्ट गर्ने घर वरपर राखिएका भाडा बटुका लैजाने फुटाएर छाड्ने निर्माण हुँदै गरेको घरमा राखिएको समान हरू चोरि गर्ने पसल फुटाउने चोरि गर्ने राति राति हल्ला गरेर स्थानियमा त्रास फैलाउने जस्ता विभिन्न खाले गतिबिधि गरेर जाने गरेको स्थानिय हरू बताउनु हुन्छ ।यस्ता खाले गतिविधि बढ्दै गएको भन्दै केही समय अघिनै केहि स्थानियहरूको गुनासो बुधबारे प्रहरी चौकि साथै पालिकामा गुनासो गएपछि गाउँपालिकाले बुधबारे ईलाका प्रहरी कार्यलयको सहयोगमा यस्ता खाले गतिविधि नगर्न सुचना नै बनाएर माईकिङ समेत गरि रहेको पाईएको छ ,। तर यस्तो गतिविधि भने नरोकिएको स्थानिय पौडेल बताउनु हुन्छ ।