
झापाको बुद्धशान्ति –२ जयपुरमा वडा नं २ प्रथम जयपुर टोल फुटबल प्रतियोगिता हुने भएको छ स्थानीय जयपुर भेट्रान क्लबको आयोजनामा आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सेमन्त पोखरेलले आज आयोजित पत्रकार भेटघाटमा बताउनु भएको हो ।
उहाँले भन्नू भयो बुद्धशान्ति–२ का दश वटा टोल बिच प्रतिष्पर्धा हुने बताउनु भयो ।
प्रतियोगिताको बिजेताले नगद रु १५ हजार, मेडल र ट्रफि प्राप्त गर्ने र उपविजेताले नगद रु १० हजार र मेडल र ट्रफि पाउने बताइएको छ । हरेक दिन हरेक बिधामा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने बताइएको छ ।
आदर्श मावि जयपुरको खेल मैदानमा दिउँसो २ बजेबाट हुने प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय नवज्योती युवा क्लबले प्रायोजन गरेको छ भने उपबिजेतालाई समाजसेवी मणीकुमार राईले प्रायोजन गर्नु भएको बताईएको छ ।
त्यस्तै वडा नं २ को कार्यालयले पनि खेल सञ्चालनका लागि नगद रु १५ हजार सहयोग गरेको वडा सदस्य एवम् झापा जिल्ला फुटबल संघका सदस्य अमिर श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नुभयो स्थानीय स्तरमा टोलमा भएका प्रतिभाहरुलाई उजागर गर्न क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो
उहाँले खेल सामग्री प्रदान गर्दै आगामी दिनमा समेत वडाले सहयोग गर्ने बताउनु भयो ।