झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले बुद्धशान्ति ४ सृजनशिल युवा समाजका खेलाडीहरूलाइ खेलकुद सामाग्री वितरण गर्नुभएको छ ।एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले सृजनशिल युवा समाजका १६ जना खेलाडीहरुका लागि १६ थान जर्सि हस्तान्तरण गर्नुभएको हो ।
उहाले भन्नू भयो युवाहरूलाई खेलकुदको माध्यम बाट अगाडी वडाउने उद्येश्यले खेलाडीहरूलाई खेलकुदका सामाग्री वितरण गरिएको हो lपछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू लागु औषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा पनि “खेल खेल्न होस् वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व भएकाले खेलाडिहरू लाई खेलकुद सामाग्री वितरण गरिएको एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले बताउनु भयो ।
यिनिहरू देशका भविष्य हुन अहिले देखिनै यसबारे हामिले सोच्नुपर्छ । खेल क्षेत्रबाटअहिले देखिनै यि साना साना नानिहरूलाई समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न सक्छन त्यसैले खेल र युवा विकासका लागि आगामी दिनमा पनि खेलाडी लाई प्रोत्साहन गर्न थप खेलकुद सामाग्री वितरण गर्दै जाने तयारी रहेको कार्किले बताउनु भयो । बुद्धशान्ति वडा नं ४ को गणेश मां वि. को खेल मैदानमा शुक्रबार सृजनशिल युवा समाजका सम्पुर्ण प्रतिनिघी स्थानिय समाज सेवि सम्पुर्ण खेलाडिहरूको उपस्थितिमा खेलकुद सामाग्री वितरण गरिएको थियो ।
एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले खेलकुद सामाग्रि वितरण गरेर सहयोग गर्नुभएकोमा एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किलाई सृजन शिल युवा समाजकाअध्यक्ष निर्मल न्यौपानेले खेलाडि भाइ बहिनिहरूलाई खेलकुद सामाग्रि वितरण गरेर खेलाडिहरूलाई थप हौसला थपिदिनु भएकोमा मनोबल बढाउन मद्दत पुग्ने बताउदै सन्चालक सोनि कार्की लाई धन्यबाद समेत दिनु भयो ।
२०७६ सालमा सृजनशिल युवा समाजले आयोजना गरेको जिल्ला स्तरिय फुुटबल प्रतियोगितामा पनि एस, के, ग्रसरी मिनि मार्टका सन्चालक सोनि कार्किले प्रतेक खेलको म्यानअफदि म्याचको पुरस्कार साथै खेल सम्पन्न गर्न नगद दशहजार रूपयाँ समेत सहयोग गरेको सृजन सिल युवा समाजका सचिव पारस लिम्बुले जानकारि दिनु भयो ।
आफ्ना भनाई राख्दै अध्यक्ष पराजुलिले सृजनशिल युवा समाजले चैतको पैलो साताबाट सृजनशिल युवा समाजले नकआउट च्यालेन्जकप फुटबल प्रतियोगिता समेत गराउने जानकारि गराउनु भयो ,।