झापाको बुद्धशान्तिमा सुरु प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिता आज बाट सुरू भएको छ । बुधबार प्रतिनिधि सभाका उपसभामुख प्रमुख अतिथी माननीय इन्दीरा राणा मगर बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं उपाध्यक्ष भवानि प्रसाद खतिवडाले सम्युक्त रूपमा पानसमा दिप प्रज्वलन गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
आज भएको खेलमा बाह्रदशी गाउँपालिकालाई ७२ रनको फराकिलो अन्तरले हराउँदै कनकाई विजयी भएको हो ।
टस जितेर बलिङ रोजेको बाह्रदशीले २० ओभरमा ६ विकेट लिँदै कनकाईलाई १८१ रन दिएको थियो । कनकाईका लागि आयुष न्यौपानेले २३ बलमा ४५ रन जोडे भने शौरभ बिमलीले २० बल खेल्दै ४४ रन जोडेका थिए ।
बाह्रदशीका रोहन कार्कीले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिए । त्यस्तै, जवाफी ब्याटिङ गरेको बाह्रदशीका इर्साद आलमले २९ बलमा ३४ रन जोडे भने जाहिद आलमले २७ बलमा ३३ रन जोडेका थिए ।
कनकाईका कुशल न्यौपानेले ४ ओभर बलिङ गर्दै १४ रन दिँदै ४ विकेट लिए भने आयुष न्यौपानेले ४ ओभर बलिङ गर्दै १२ रन दिएर १ विकेट लिए । १८२ रनको लक्ष्य पछ्याएको बाह्रदशीले २० ओभर खेल्दै १०९ मात्र जोड्न सक्यो ।खेलको प्लेयर अफ दि म्याच कनकाईका आयुष न्यौपाने भएका थिए ।
उनलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो । झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताउनु भयो । खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ । कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई आयोजक बर्खा स्मृति प्रतिष्ठानका सचिब मदन मगरले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी माननीय इन्दीरा राणा मगर बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले औंचित्यमाथि प्रकाश पार्नुभएकोकार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र साउत क्रीकेट सघं सदस्य सुरेस गुरागाई सम्पुर्ण वडा का वडा अध्यक्ष विभिन्न पाटिका प्रतिनिधी सुरक्षा कर्मि सन्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन सन्चारकर्मी भुमिका सुब्बाले गर्नु भएको थियो ।