
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ ले कृषकहरुलाई व्यवसायि कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले विभिन्न समुहका कृषकहरुलाई ७५ थान हाते ठेला र ६५ थान मकैको ड्याङ वनाउने हलो वितरण गरिएकाे छ । वडा कार्यलयले मंगलबार एक कार्यक्रम गरेर विभिन्न कृषक, समूहहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो ।
बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ गाउँपालिकाले कदम चालेको बताउनुभयो ।
कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै वडाले कृषि उपज उत्पादनमा लागेका किसानलाई कृषि सामाग्री वितरण गरेको उहाँले बताउनुभयो ।बुद्धशान्ति गाउँपालिका कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेल, बुद्धशान्ति वडा नं ३ कार्यपालिका सदस्य नर्बदा चापागाँई सदस्य दिपक सापकोटा , सदस्य तिलक प्रसाद रिजाल ,हरियालि मुल कृषक समूहका अध्यक्ष फडिन्द्र ढुङ्गाना , सहितकाे उपस्थितिमा मंगलबार वडा नम्बर ३ का कृषकहरूलाई उक्त सामान हस्तान्तरण गरिएकाे थियाे ।
वडाबाट खुलाइएको निवेदनको मागका आधारमा छनौट भएका किसानहरु लाई वडा नं ३ को कृषि वजेटको ५०/ प्रतिशत तथा कृषको ५० प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण गरेको वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा नं ३ का वडा सदस्य तिलनारायण रिजालले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा स्थानिय सरकारले राखेको भन्दै उहाँले भन्नू भयो र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा कृषकहरूलाई ब्यवसायिक बनाउन सके खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरियाली मुल कृषक समूहका अध्यक्ष फडिन्द्र ढुङ्गानाले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेल,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने बुद्धशान्ति गाउँपालिका वडा नं ३ हरियालि मूल समूहकि सचिव को सचिब पार्वता बजगाईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।