
झापाको बुद्धशान्ति गाउँपालिका अखिल नेपाल महिला सघं बुद्धशान्ति गाउँ कमिटीले ११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहिवार बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया बगानमा काम गर्दै आउनु भएका श्रमिक ४२ जना महिला आमा दिदी बहिनीहरूलाई सम्मान गरेको छ । अखिल नेपाल महिला सघं बुद्धशान्तिका अध्यक्ष भगवती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष पबित्रा पाठकको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै अनेम संघ बुद्धशान्ति गाउँ कमिटी उपाध्यक्ष देब कुमारी सेर्माले उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नुभएको थियो ।
अनेम संघ बुद्धशान्तिका अध्यक्ष भगवती न्यौपाने कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै चिया बगानको शुन्दरताले पर्यटन क्षेत्रमा ठूलो महत्व बोकेको हुन्छ तर चियाको बुट्टा संग दैनिक पौठेजोरी खेल्दै दैनिकी गुजारा चलाउने यहाँका श्रमिक महिला दिदी बहिनिहरू भने सधै पछि परिरहनु पर्ने बाध्यता भने उस्तै छ,
यहि कुरालाई मध्यनजर गर्दै हामिले उहाँहरूको हौसाला साथै मजदुर श्रमिकहरूको समस्या उहाँहरूको केही गुनासाहरू भए सम्बन्धीत ठाउँसम्म पुर्याउन सहयोग पुग्नेछ भन्ने उद्धेश्यले वर्ने चिया बगानमानै आएर बगानमा काम गर्ने ४२ जना श्रमिक महिलाहरूलाई सम्मान गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य लक्ष्मी राई, प्रदेश कमिटी सल्लाहकार सदस्य ज्ञान बहादुर मगर, जिल्ला कमिटी सदस्य टीका प्रसाद पाठक,सदस्य गंगा सुबेदी, सदस्य दिपक गौतम, अनेम संघ जिल्ला कमिटी उपाध्यक्ष रेनुका डाँगी गाउँ कमिटी अध्यक्ष नेत्र रिजाल, गाउँ उपाध्यक्ष सम्भु प्रसाद बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा देबी खतिवडा,सदस्य नर्वदा चापागाँइ, पौडेल,चन्द्र कोइराला गाउँ सचिब धरणिधर पोख्रेल लगायतको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष पबित्रा पाठक लगायतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन अनेम सघं बुद्धशान्तिकी सचिब दुर्गा पोख्रेल (ढुङ्गेलले) गर्नुभएको थियो ।
सन १९१० मा अन्तराष्ट्रिय नारी दिवसको प्रस्ताव क्लारा जेटकिनले गरेकी थिइन।
यसको उत्पति श्रमिक आन्दोलनबाट सुरू भएको हो भने १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरूले कामको घन्टा छोटाउन,राम्रो तलव र मताधिकार माग गर्दै सुरू भएको थियो।
त्यसको ठीक एक बर्ष पछि’द सोसलिष्ट पार्टी’ले राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो र यसलाई अन्तराष्ट्रिय बनाउने अभियान कम्युनिष्ट अभियानकर्मी र महिला अधिकार वादी नेता क्लारा जेटकिनले अगाडी सारेकी थिइन,।
सोविचार १९१० मा कोपनहेगनको कन्फेरेन्स अफ वर्किङ विमिन नामको सम्मेलनमा सुझावको रूपमा पेश गरिएको थियो।
सो सम्मेलनमा १७ देशको १०० महिलाहरूको सहभागि थियो र उनिहरूले त्यसलाई सर्वसम्मत सहमति जनाई सुरू भएको पाइन्छ।
१९१७ मा रुसी महिलाहरूले ब्रेड एण्ड पीस माग गर्दै ४दिने विरोध प्रर्दशन पछि त्यस बेलाका जार साशकले सत्ता छोडेर त्यस पछिको काम चलाउ सरकारले महिलालाई मताधिकार दिएको थियो र त्यसताका रुसमा प्रचलित क्यालेण्डर जुलियन क्यालेण्डर अनुसार २३ फेब्रुवरीको दिनमा महिला हड्ताल सिरू भएको थियो भने जुन ग्रेगरियन क्यालेण्डर अनुसार ८ मार्च परेको हुनाले त्यस यता नारी दिवस मनाउन थालिएको पाईन्छ।