
झापाको बुद्धशान्ति –४ मा जारी स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा आइतबारे टोल र KYC आयोजक गुराँस बस्ती टोल विच भएको थियो, सो खेलमा आईतबारे टोललाई ०/१ गोलको अन्तरले हराउदै KYC आयोजक गुराँसबस्ती टोल फाईनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाईनल खेलको म्यान अफ दि म्याच KYC आयोजक गुराँसबस्ती टोलका सुमित लिम्बु भएका थिए ।
त्यस्तै आजै भएको दोस्रो सेमिफाईनल खेलमा मंगलबारे टोल र सट्टाभर्ना टोल बिच भएको थियो सो खेलमा खेलमा मंगलबारे टोललाई १ /३ गोलको अन्तरले हराउदै सट्टा भर्ना टोल फाईनलमा प्रवेश गरेको हो ।
दोस्रो सेमिफाईनल खेलको म्यान अफ दि म्याच सट्टाभर्ना टोलका पारस लिम्बु भएका थिए ।
बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा मंगलबार बाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो ।
प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई पुरस्कृत समेत गरिदै आएको स्थानिय समाज सेवी खेल संयोजक टेक बहादुर लिम्बुले बताउनु भयो ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।
बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बुले बताउनु भयो ।
असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५ गते सट्टाभर्ना र KYC आयोजक गुराँस बस्ति फाईनल खेल्ने छन, ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहेको बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब मिलम सुब्बाले जानकारी दिनु भयो ।