अस्मिता वर्देवा । झापाको बुद्धशान्ति –४ मा भईरहेको स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि सट्टाभर्ना टोलले उचालेको छ । शनिवार भएको फाइनल खेलमा किरात युथ क्लब आयोजकलाई ०/२ गोल अन्तरले हराउँदै सट्टाभर्ना टोलले उपाधि रक्षा गरेको हो ।उपाधि सँगै सट्टाभर्नाले नगद १० हजार ,ट्रफी र मेडल पाएको छ भने उपविजेता किरात युथ क्लबले नगद ६ हजार, ट्रफी र मेडलमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच सट्टाभर्नाका सिगेब लिम्बू भए । त्यस्तै, उत्कृष्ट गोल किप्पर गुराँस बस्ति टोलका सुमित राउत भए भने उच्च गोलकर्ता सट्टाभर्ना टोलका आयुस राइ भएका थिए त्यस्तै उत्कृष्ट डिफेन्डर गुराँस बस्तिका सुमित लिम्बु भएका थिए ।विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय प्रथम किराँत युथ क्लब फुटबल प्रतियोगिताका टेक वहादुर लिम्बु लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।खेललाई थप रोचक बनाउन सट्टाभर्ना महिला टिम र आईतबारे महिला फुटबल क्लब विच सो म्याच खेल समेत भएको थियो । सो खेलमा सट्टाभर्ना टोललाई ०/२ गोल अन्तरले हराउदै आइतबारे महिला टिम विजयी भएको थियो । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर कार्यक्रम सम्पन्न भएको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो ।शनिवार भएको फाइनल झापा जिल्ला फुटबल सघका उपाध्यक्ष मनेस दहाल ,बुद्धशान्तिका गाउँपालिका कार्यपालिका सदस्य भिम धमला, वडा नं ४ वडा सदस्य सन्जित कुमार थेबे, न्युएभर विद्यालयका शिक्षक संजय लिम्बू , समाज सेवी,विजय लिङ्खिम, प्रकाश साम्सोहाङ समाज सेवि पुर्ण सुहाङ विभिन्न संघसंस्थाका प्रतिनिधि स्थानियहरूको बाक्लो उपस्थिति रहेको थियो ।