
अस्मिता वर्देवा ।
बुद्धशान्ति गाउँपालिकाले कृषकहरुलाई व्यवसायिक कृषि तर्फ आकर्षित गराउनको लागि आधुनिक कृषि सामाग्री वितरण गरेको छ ।
बुद्धशान्ति गाउँपालिका कृषि विकास साखा मार्फत बुधबार कृषकहरूलाई प्रदेश सरकारको ससर्त अनुदान अन्तरगत कृषकहरूलाई तोरी प्रशोधन गर्ने मिल हस्तान्तरण गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकारको ससर्त अनुदान मार्फत प्राप्त १६ लाख ८० हजार साथै कृषक समुहको ३० प्रतिसत गरि कुल २४ लाख बराबरको सामाग्री वितरण गरिएको हो ।
पालिकाले बितरण गरेको कृषि सामाग्रीहरु लगेर कोहि कसैले पनि दुरुपयोग नगर्न आगर्ह गर्दै,गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने बताउदै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानहरूलाई आधुनिक कृषि उपकरण वितरण गरिएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं १ अध्यक्ष साथै आर्थिक विकास समितीका संयोजक अनिल वाग्लेले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ गाउँपालिकाले कदम चालेको बताउनुभयो ।
गाउँपालिका वाट कृषकहरुलाई आवेदन माग गरिए अनसार परेका निवेदन मध्ये वाट छनौटमा परेका संस्थाहरू लाई ६ थान तोरि पेल्ने मेसिन वितरण गरिएको कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेलले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिका प्रमुख सशासकिय अधिकृत विनोद पोख्रेल कृषि शाखा प्राविधिक कृष्ण प्रसाद ढुङगेल, वडा नं ७ का वडा अध्यक्ष चन्द्र भण्डारी लगायतको उपस्थितिमा बुधबार कृषकहरूलाई उक्त सामान हस्तान्तरण गरिएको थियो ।