साउन दोस्रो सातासम्म ९२ प्रतिशत रोपाइँ सकियो, धान रोपाइँ क्षेत्र बढ्ने अनुमान मधेसमा ३ लाख ८३ हजार १५० हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ। जसमध्ये ३ लाख ५२ हजार ४४३ हेक्टरमा धान रोपाइँ सकिएको तथ्यांकमा उल्लेख छ।
गण्डकी प्रदेशमा ९१.९ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा ८२.३ प्रतिशतमात्रै रोपाइँ भएको थियो। गण्डकीमा ९६ हजार ५३ हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ। जसमध्ये ८८ हजार २५२.६ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ।
लुम्बिनी प्रदेशमा ९१.३ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यसै अवधिमा लुम्बिनीमा ८०.९ प्रतिशत रोपाइँ सकिएको थियो। लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारको अनुमान छ। जसमध्ये २ लाख ८४ हजार ४८५ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ।
बागमती प्रदेशमा ९०.८ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष बागमतिमा ८०.१ प्रतिशत रोपाइँ भएको थियो। यो वर्ष बागमति प्रदेशमा १ लाख १२ हजार २७३ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरेको छ। जसमध्ये १ लाख १ हजार ९९४ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।