
बुधबारे जेसीज वर्ष २०२५ का लागि निर्वाचित जेसी सुजित बरालले आफ्नु कार्यभार सम्हालेका छन् । आज पद हस्तान्तरणको एक कार्यक्रमको आयोजना गर्दै बरालले अध्यक्षको कार्यभार सम्हालेका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी प्रेम प्रसाद गौतम र जेसी अच्युतराज ढकाल चयन भएका छन् । उपाध्यक्षमा जेसी भेष राज राई, तार्केश्वरनाथ शाह, बिजय धिमाल, विजय राई चयन भएका छन् । उनीहरुलाई पनि पद हस्तान्तरण गराइएको थियो।
पद हस्तान्तरणकै अवसर पारेर अध्यक्ष बरालले आफ्नु कार्यकाल सफल बनाउन महासचिवमा कृष्ण ढकाल, कानुनी सल्लाहकारमा राज पौडेल, कोषाध्यक्षमा अनिल घिमिरेलाई मनोनित गरेका छन् ।
त्यस्तै अन्य विभिन्न कोअडिनेटरमा मनोनित गरिएको छ । बर्ष २०२४ का अध्यक्ष दुर्योधसिंह राजपुतको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सातैवटा वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, जेसीजकर्मी लगायतको उपस्थिति रहेको थियो ।