झापाको बुद्धशान्तिमा नेपाल ट्रेड युनियन महासंघ(जिफन्टको) बुद्धशान्ति गाउँपालिका कमिटीको प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ । बुद्बशान्ति १ स्थित थकालि भान्साको सभाहलमा प्रथम पालिका अधिवेसन सम्पन्न भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) झापा जिल्ला कमिटी अध्यक्ष खेम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा क्यूपेक- नेपाल केन्द्रीय कमिटी अध्यक्ष अमिर लिङ्देनको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरूलाई संस्थाका सदस्य गायात्रा घिमीरे पौडेलले स्वागत गर्नु भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी केन्द्रीय कमिटी अध्यक्ष अमिर लिङ्देन र बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले निर्वाचित कमिटीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताकको शुभकामना दिदै जिफन्ट कायाकल्प र क्यूपेक- नेपाल कार्ययोजना अभियान २०८१/२०८२ किन र केकोलागी आवश्यक्ता छ अनि संगठनमा लाग्दा के पाईन्छ के फाईदा हुन्छ भन्ने बिषयमा महत्त्वपुर्ण भनाईका साथ आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) बुद्धशान्ति गाउपालिका कमिटीको प्रथम अधिबेशनले दिलविर थेवेको अध्यक्षतामा ७ सदस्य कमिटी सर्व सहमत निर्वाचित हुनु भएको छ। दिलविर थेवेको अध्यक्षमा निर्वाचित हुँदै उपाध्यक्षमा गायात्रा घिमीरे,सचिवमा विनीता लिम्बु,सहसचिवमा रोहन धिमाल, साथै सदस्यहरूमा जिवन कला खतिवडा रमा क्षेत्रि ,र कुमारि मुखिया सर्वसहमत
निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा ,नेकपा एमाले कोशि प्रदेश सदस्य तथा बुद्धशान्ति गाउँकमिटी इन्चार्ज लक्ष्मी कुमार राई चिया विकास तथा कफि केन्द्रिय कमिटि उपाध्यक्ष ससि कुमार राई लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन क्यूपेक- नेपाल बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष दिल विर थेवेले गर्नु भएको थियो ।