
कैलालीमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० उदासीपुर वेताल टोलकी ७० वर्षीया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न गइरहेकी थिइन् ।
त्यही बेलामा रुख ढलेर उनलाई लागेको प्रहरीले जनाएको छ ।