
पौष २०, झापा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान प्रान्तीय मञ्च बुद्धशान्ति गाउपालिकाले आज एक छलफल मार्फत माघ १० गते शनिवार अधिवेशन गर्ने निर्णय गरेको गापा अध्यक्ष पुर्ण प्रसाद तबेबुङले जानकारी दिनु भयो ।
बैठकमा लिम्बुवान प्रान्तीय मञ्चका उपमहासचिव मान बहादुर साँवा, सचिव काजिमान ओख्राबो, सचीवालय सदस्य मान बहादुर माबो , केन्द्रिय सदस्य इन्द्रहाङ योङ्हाङ र झापा जिल्ला उपाध्यक्ष करण योङ्हाङ , उपाध्यक्ष राम योङ्हाङ र जिल्ला कोषाध्यक्ष प्रदिप राई समेतको उपस्थिति रहेको थियो ।
माघ १० गते बुद्धशान्ति ३ स्थित ग्रिन रिसोडको सभाहलमा हुने धिवेशन गर्नको लागि संघीय सचिवालय सदस्य मान बहादुर माबोको संयोजकतामा सदस्यहरु मान बहादुर साँवा, काजिमान ओख्राबो , इन्द्र योङ्हाङ , राम योङ्हाङ, प्रदिप राई र जिल्ला महिला उपाध्यक्ष बबिता कोहिबा सहितको अधिवेशन आयोजक समिति बनेको बुद्धशान्ति गाउँपालिका सचिब नन्दु राईले जानकारी दिनु भएको छ ।






