
झापाको बुद्धशान्ति गाउँपालिकाको आयोजनामा भएको बुद्धशान्ति गाउँपालिका दोश्रो अन्तर मावि ( कक्षा १० सम्म ) T-10 छात्र नकआउट क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली एजुकेसन फाउन्डेसनले उचालेको छ ।
कर्णाली एजुकेसन फाउन्डेसनले ज्योति अंग्रेजी मावि लाई २५ रनले पराजित गर्दै लगातार दोश्रो पटक उपाधी हात पारेको हो ।
उपाधी उचाले संगै कर्णाली एजुकेसन फाउन्डेसनले नगद १५ हजार ट्रफी,मेडल , प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ज्योति अङ्ग्रेजी माविले नगद १० हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी कर्णाली एजुकेसन फाउन्डेसनका साजन गदाइली,भए भने फाइनल खेलको म्यान अफद म्याच बिजेता टिमका साजन गदाइली ,उत्कृष्ट ब्याटर ज्योति अङ्ग्रेजी माविका बिलभ दाहाल उत्कृष्ट बलर कर्णाली एजुकेसन फाउन्डेसनका रिकेश आङ्देम्बे ,उत्कृष्ट विकेट किपर श्री गडिगाउँ माविका अनिश सुनुवार घोषित भएका छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी साजन गदाइलीले रु:१० हजार मुल्यको आकर्षक रेन्जर साइकल प्राप्त गर्न सफल भए।
बुद्धशान्ति ३ स्थित, पेट्रोल पम्प अगाडिको खेल मैदानमा हिजो बाट सन्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ५ वटा संस्थागत र ६ वटा सामुदायिक गरि ११ वटा विद्यालयले सहभागी जनाएका थिए ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षता आयोजित समापन सत्र कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ,सम्पुर्ण वडाका वडाध्यक्ष , विभिन्न विद्यालयका शिक्षक ,सामाजिक संस्थाका प्रमुख ,क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय स्तर बाटै खेलाडी उत्पादन ,प्रोत्साहनको उदेश्य ले गाउँपालिका बाट आयोजित यस प्रतियोगिता बाट नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पुगेको देख्न सकिन्छ।





