
बुद्धशान्ति गाउँपालिका को आयोजनामा मिति २०८२ पौष २२ र २३ गते बुद्धशान्ति -३ स्थित पेट्रोल पम्प पश्चिमको मैदानमा संचालन भईरहेको बुद्धशान्ति गाउँपालिका दोश्रो अन्तर मावि ( कक्षा १० सम्म ) स्तरीय T-10 छात्र क्रीकेट प्रतियोगिता २०८२ को पहिलो दिन पाँच खेल सम्पन्न भएका छन् ।
मंगलबार उद्घाटन सत्र संगै दस विद्यालय बिच पाँच खेल सम्पन्न भएको हो। पहिलो खेलमा महानन्द शिक्षा सदन लाई पराजित गर्दै कर्णाली एजुकेसन फाउन्डेसन बिजयी भएको थियो भने दोश्रो खेलमा श्री नवकिरण मावि लाई पराजित गर्दै श्री त्रिभुवन मावि बिजयी भएको छ।
त्यसैगरी तेस्रो खेलमा एम्बिसन एकेडेमी लाई पराजित गर्दै श्री गडिगाउँ मावि बिजेता बनेको थियो ।
दिनको चौथो खेलमा श्री राष्ट्रिय बिजय मावि लाई पराजित गर्दै ज्योति अंग्रेज़ी मावि बिजेता बनेको छ भने पहिलो दिनको अन्तिम तथा पाचौं खेलमा न्यु एभरग्रीन इ.बो.स्कुल लाई पराजित गर्दै श्री बुद्धआदर्श मावि बिजयी बनेको छ।
खेलाडी उत्पादन ,छनौटको उदेश्यले संचालन भएको यस प्रतियोगिताको दोश्रो दिन पौष २३ गते सेमिफाइनल र फाइनल सहित पाँच खेल संचालन हुने छन् ।
विद्यालय स्तर बाटै प्रतिस्पर्धा बाट खेलाडी छनौटको उदेश्यले बुद्धशान्ति गाउँपालिका बाट संचालन भएको यस प्रतियोगिताले धेरै खेलाडी लाई अवसर एवम् प्रोत्साहन प्रदान गरेको छ।




