
झापाको बुद्धशान्तिमा बुधबारे जेसीजको १३ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०२५ का अध्यक्ष जेसी सुजित बरालले नव–निर्वाचित अध्यक्ष जेसी कुसल अधिकारिलाई जेसीज चेन लगाएर पद हस्तान्तरण गर्नु भएको हो ।
अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष कुसल अधिकारिले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गर्नु भयो उहाँले बुधबारे जेसीजलाई माटोले सुहाउने जेसीज बनाउने बताउँदै वर्ष २०२६ को बोर्ड समितिलाई पूर्णता दिँदै विभिन्न पदाधिकारीलाई मनोनयन समेत गर्नु भएको थियो ।
बुधबारे जेसीज वर्ष २०२५ का अध्यक्ष सुजित बरालको (पहिलो सत्र ) साथै जेसि कुसल अधिकारी दोस्रो सत्रको अध्यक्षतमा तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
स्थानीय तेन्जिङ नोर्गे होमस्टेको प्राङ्गणमा सन्चालन गरिएको कार्यक्रममा ५ सय वढिको उपस्थिति रहेको कार्यक्रममा वर्षभरी जेसीज अभियानमा जोडिने सदस्यहरुलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रममा वर्ष उत्कृट सञ्चारकर्मीमा भावना भट्टराई, र बर्ष उत्कृष्ट जेसीका रुपमा धन बहादुर लिम्बूलाई सम्मान गरिएको थियो ।
हरेक महिना उत्कृष्ट कार्य गर्ने जेसीहरुलाई समेत जेसीज अफ द मन्थ अवार्डले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा पदाधिकारी पूर्व अध्यक्ष <नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी विभिन्न शाखाका पदाधिकारी, स्थानीय सम्पुर्ण वडाका जनप्रतिनिधि संघसंस्थाका प्रतिनिधि, जग्गादाता,जेसीजका सदस्य, सञ्चारकर्मी सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
जेसी गजेन्द्र योङ्हाङको संयोजकत्वमा भएको कार्यक्रममा जेसी अनिल घिमिरेले जेसीज आस्था पाठ गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन वर्ष २०२५ का महासचिव कष्ण ढकाल र वर्ष २०२६ का महासचिव जेसि विनोद रिजाल साथै निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष जेसि दुर्योधन सिहँ राजपुतले गर्नु भएको थियो ।
कार्यक्रममा पुर्व अध्यक्ष जेसी प्रकाश भन्डारी बुधबारे जेसिजका निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी अनिस भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वि एण्ड वि क्याट्रिङ एण्ड टेन्ड हाउसका सन्चालक सोमनाथ भट्टराईले सेवा प्रदान गर्नु भएको थियो ।





