
बुद्धशान्ति गाउँपालिका–१ का तीनवटा सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यसहित नौ स्थानमा ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको छ।
वडाको पहलमा सञ्चालन गरिएको उक्त क्याम्पमा विहानी सत्रमा कक्षा सञ्चालन गरी विद्यार्थीमा पढ्ने संस्कृतिको विकास गरिनेछ। विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयमा केन्द्रित रहेर कक्षा सञ्चालन हुने वडाले जनाएको छ।
क्याम्पमा सिकाइमा कमजोर रहेका विद्यार्थीलाई सहभागी गराई उनीहरूको शैक्षिक उपलब्धि सुधार्ने लक्ष्य राखिएको छ।
क्लोज क्याम्प सञ्चालनसँगै योग्यता प्राप्त नौ जना शैक्षिक व्यक्तित्वलाई तीन महिनाका लागि अल्पकालीन रोजगारीसमेत प्रदान गरिएको छ।
यसले सामुदायिक विद्यालयको नतिजा सुधार गर्नुका साथै विद्यार्थीप्रति वडाको अभिभावकत्व झल्काउने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष अनिल वाग्लेका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीमा क्षमता भए पनि उपयुक्त वातावरण र समय व्यवस्थापनको अभावले सिकाइ उपलब्धिमा असर परिरहेको देखिएको छ।
यस समस्याको समाधानका लागि विद्यालयमै थप अध्ययन समय ९न्गष्मभम क्तगमथ० तथा अभिभावक शिक्षा कार्यक्रमजस्ता पहल आवश्यक रहेको निष्कर्ष निकालिएको बताए।
वडाले क्लोज क्याम्पलाई अझ प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गरिने जनाएको छ।
साथै सम्बन्धित विद्यालय र विषयगत शिक्षकहरूलाई कार्यक्रमको दिगो र प्रभावकारी कार्यान्वयनका लागि सहयोग र समन्वय गर्न विशेष अनुरोध गरिएको छ।
कार्यक्रममार्फत ‘सबै मिले सम्भव छ, हामी सिकाइ उपलब्धि हासिल गर्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको वडा अध्यक्ष वाग्लेले बताएका छन् ।
क्लोज क्याम्पका लागि वडाले ३ लाख रूपैयाँ विनियोजन गरेको छ । वडाका नमूना आधारभूत, त्रिभूवन मावि र बुद्ध आदर्श माविलाई १र१ लाख रूपैयाँ बजेट विनियोजन गरिएको वाग्लेले वताए । क्लोज क्याम्प वडाको नियमित कार्यक्रम हो ।





