बुद्धशान्ति गाउँपालिका १ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको प्रयोगशाला एवम् पुस्तकालय भवनको शिलन्यास गरिएको छ ।
नमुना विद्यालय भौतिक निमार्ण तर्फको अनुदान र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट आएको १ करोड ३८ लाख ९२ हजारको लागतमा बन्ने भवनको शिलन्यास भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता त्यस्तै झापा क्षेत्र नं. २ ख का प्रदेश संसाद चिन्तन पाठकको प्रमुख आतिथ्यता, बुद्धशान्ति गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कमल निरौलाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका पूर्वाधार शाखा प्रमुख विक्रम दाहाल, बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्ले विद्यालयका अक्षयकोष दाता मनेष दाहाल र मदन प्रसाई, शिक्षक अभिभावक संघका अध्यक्ष हेम प्रसाद अधिकारी, सल्लाहकार समिति संयोजक केदार प्रसाद कोइराला, विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष डिल्ली प्रसाद नेपाल, पूर्व प्रधानाध्यापक भक्त खपाङ्गी, निमार्ण समिति संयोजक चन्द्र अधिकारी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा सांसद चिन्तन पाठक र शिक्षा शाखा प्रमुख कमल निरौलाले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन शिक्षक माधव प्रसाद बरालले संचालन गरेका थिए ।
Related Stories
१ जेष्ठ २०८१, मंगलवार २२:११