
विराटचाेक, मोरङ । लामो समय देखी बन्द रएको सुन्दरहरैंचा-९ स्थित सुकुना चलचित्र मन्दिर नयाँ नामका साथ पुन सञ्चालनमा आएको छ। उक्त हल बिराट सिने नामबाट पुन सञ्चालनमा आएको छ।
हलका एक सञ्चालक चिरञ्जिवी बस्नेतका अनुसार हिजो शुक्रबार देखी बिराट सिने नाम दिएर सञ्चालनमा आएको सो हलमा पहिलो फ्लिम का रूपमा नेपाली चलचित्र छक्का पञ्जा ४ प्रर्दशन गरिएको थियो।शुक्रबार साँज ६ बजे फ्लिम हलमा पहिलो शो भएकाे र शनिबारबाट भने निरन्तर शो रहने वहाँले जानकारी दिनुभएकाे छ ।
उक्त सुविधा सम्पन्न हलमा १३० सिट क्षमता रहेको छ ।