
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ को नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेको अध्यक्षता त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता, पालिका उपाध्यक्ष भवानी खतिवडा र पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, वडा नं. ७ का वडाध्यक्ष चन्द्र भण्डारी, वडा नं. १ का निवर्तमान अध्यक्ष भीमकुमार नेवार र निवर्तमान तथा हालका वडा सदस्य लगायतको आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी कँडेलले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए । कार्यक्रममा जग्गादाताहरुका रुपमा रहेका ध्रुवलाल रेग्मी, तुलसीराम रेग्मी, यज्ञ न्याैपाने त्यस्तै भीमकुमार श्रेष्ठ, हरि प्रधान, विभिषण वाग्ले लगायतलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
यस अघि वडामा सेवा लिन आउने महानुभावहरुले निवेदन लेखाए वापत तिर्ने र फर्म भरे वापत तिर्नुपर्ने दस्तुर निशुल्क गरिएको वडाध्यक्ष वाग्लेले जानकारी गराएका छन् ।कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले नयाँ भवनबाट गुणस्तरीय सेवा प्रवाह गर्न वडा कार्यालयलाई अनुरोध गरेका छन् ।
वडा कार्यालयको नवनिर्मित भवनमा गरिएको कार्यक्रमको संचालन वडा सचिव सन्जय राईले गरेका थिए ।