
झापाको बुद्धशान्ति गाउपालिका मा रहेको ईलाका प्रहरी कार्यालय बुधबारे र ट्राफिक प्रहरी पाेष्ट बुधबारेले आज ट्राफिक नियम पालना नगरेका ३० भन्दा बढी माेटरसाईकल लाई नियन्त्रणमा लिएकाे छ। हेल्मेटकाे प्रयोग नगरी सवारी कुदाएकाे, मापसे सेवन गरी सवारी चलाएकाे र सवारी क्षमता भन्दा माथी सवार रहेकाे माेटरसाईकल नियन्त्रणमा लिइएकाे हाे। उनीहरूलाई यसरी मोटरसाईकल चलाउदा दुर्घटना हुने भएकाले नियन्त्रणमा लिएको र नियमानुसार जरिवाना गराई छाेडिने बुझिएकाे छ ।