
बुद्धशान्ति, २९ फाल्गुण । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले आज वडाका किसानहरुका लागि स्प्रे मेसिन तथा एक चक्के ठेला उपलब्ध गराएको छ ।
१ सय ७९ जनालाई विद्युतीय स्प्रे मेसिन, हाते स्प्रे मेसिन तथा एक चक्के ठेला उपलब्ध गराइएको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । १०० जनालाई ठेला, ४१ जनालाई विद्युतीय स्प्रे तथा ३८ जनालाई स्प्रे वितरण गरिएको हो ।५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडा सचीव सञ्जय राईले जानकारी दिनुभयो । वडाले ती सामग्री वितरणका लागि केहि महिना अघि सूचना जारी गरेको थियो । सूचनाका आधारमा रकम जम्मा गरेका किसान, कृषि समूहलाई सामग्री वितरण गरिएको बताइएको छ ।