
झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरी आइतबार १२औँ स्थापना दिवस मनाएको छ ।
बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता त्यस्तै बुधबारे जेसीजका संस्थाापक अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रम संयोजक शितल तिम्सिनाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए।
कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोख्रेल, रमेश बराल, प्रकाश भण्डारी, हेमन्त बराल, नन्दकुमार राई, अनिल वाग्ले, मुकेश भट्टराई त्यस्तै मानार्थ सदस्य दिपेन सिटौला लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष ढकालले सामाजिक उत्तरदायित्व अन्तरगत स्थापन दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोेजन गरिएको जानकारी गराउँदै बुधबारे जेसिज संगै बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनमा आफूँ र आफ्नो टिम लागि परेको बताएका छन् ।
बुध्दशान्ति गाउँपालिका वडा नं १मा रहेको अाफ्नै भवनमा भएको कार्यक्रममा पूर्व अध्यक्ष सेमन्त पोख्रेल, नेपाल रेडक्रस सोसाइटी बुद्धशान्तिका सभापति पुष्पराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन बुधबारे जेसीजका महासचिव कुशल अधिकारीले गरेका थिए ।
रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमबाट २० पिन्ट बढि रगत संकलन भएको छ ।