
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा सञ्चालन भएको १० दिने मुढा बनाउने साथै ५ दिने उद्घोषण तथा माईन्युट लेखन तालिम शुक्रबार समापन भएको छ ।
बुद्धशान्ति वडा नम्बर–४ को आर्थिक सहयोग साथै दलित समन्वय उपभोक्ता समितिको आयोजनामा मुढा बनाउने साथै उद्घोषण माईन्युट लेखन तालिमको समापन भएको हो ।
तालिममा वडाभरिका ३१ जना प्रशिक्षार्थी सहभागी भएका थिए त्यसमा मुढा बनाउने १६ जना र उद्घोषण तथा माईन्युट लेखनमा १५ जनालाई प्रशिक्षक नरेश खाति र शिंह बहादुर विश्वकर्माले प्रशिक्षण प्रदान गरेका थिए ।
समापनका अवसरमा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर वहादुर रायले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई अनुरोध गर्नुभयो , सीप भए आत्मनिर्भर हुन सकिने उहाको भनाई थियो । हातको सीप सवैभन्दा ठुलो सम्पति हुने भएकाले यो कहिले नाश नहुने हुँदा सीप सिक्न जरूरी रहेको बताउदै स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीको बजारको उचित व्यवस्थापनमा स्थानीय सरकार लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।
यस्ता सीपमुलक कार्यक्रममा गाउँपालिका र वडाले समेत बजेट विनियोजन गरेर वडामा दक्ष जनशक्ति उत्पादन गरेर रोजगारको अवसर प्रदान गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
दलित समन्वय उपभोक्ता समिति बुद्धशान्ति ४ काअध्यक्ष बालकृष्ण गजमेरको सभापतित्वमा भएको समापन कार्यक्रममा दलित समन्वय समतितिका सहसचिब अस्मिता वर्देवाले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गरेकी थिईन, कार्यक्रममा सहभागीकातर्फबाट मनोज कुमार विश्वकर्मा कर्ण वहादुर लोहार र एन्जल नेपालिले आफ्नो धराणा राखेका थिए ।
बुद्धशान्ति गाउँपालिका वडा नं ४ को वडा कार्यलयको भवनमा भएको कार्यक्रमको सञ्चालन समन्वय समितिका सचिव उमा विश्वकर्माले गरेकी थिईन।
समापन समारोहमा प्रमुख अतिथि र शेर वहादुर राय विशेष अतिथि पुर्व जि• वि• स• शुर्य वहादुर विश्वकर्मा बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य भिम धमला, सदस्य शशिकला विश्वकर्मा,आईत वहादुर सावा संजिव कुमार थेवे लगायतको उपस्थितिमा तालिममा सहभागिहरूलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।