
ज्ञानु भट्टराई । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्येश्यले झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित शान्तिनिकेतन अङ्ग्रेजी मा बि ले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ ।
स्कुल जिवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै विद्यालयले शुक्रबार २० औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव २०८० तथा असार १५ अर्थात् दही चिउरा खाने दिन आज मनाउदै रोपाईं लगायतका कार्यक्रम आयोजना गरिएको बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तथा विद्यालयका को अर्डिनेटर दिनेस लेप्चाले जानकारि दिनु भयो ,।
शुक्रबार भएको कार्यक्रममा विद्यालयका प्रीन्सिपल उदय चन्द्र कोईराला, भाईस प्रीन्सिपल रबिन कोईराला स्थानिय बासि अामा बुवा दाजुभाई दिदिबहिनिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो साथै बिद्यालयका शिक्षकले अध्यनरत विद्यार्थी हरूलाई धान रोपाँइको प्रयोगात्मक समेत गरिएको थियो
अबको शिक्षा व्यावहारिक, सिपमुलक र आय आर्जनमुलक हुनुपर्नेभएकाले किताबी ज्ञानमा मात्र विद्यार्थरुलाई सिमित नराखी ब्यवहारिक शिक्षा आजको प्रमुख आवश्यकता रहेको प्रीन्सिपल उदयचन्द्र कोईरालाले बताउनुभयो।
उक्त कार्यक्रमबाट विद्यार्थिहरुले धान दिवस र रोपाइँको महत्व स्पष्ट बुझेको विद्यालयका भाईस प्रीन्सिपल रबिन कोईराले बताउनु भयो। रोपाइँ सकेर विद्यार्थीहरुलाई दहि चिउरा खाजाको रुपमा खुवाईएको विद्यालयका बिज्ञान शिक्षक सुनिल पौडेलले जानकारी दिनुभयो।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो। असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ । दहीच्युराको संस्कृति असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन्।