
ज्ञानु भट्टराई । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित युवा आवाज बुद्धशान्तिले शनिबार एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक आमा बुवा हरूलाई सम्मान गरिएको छ ।
“जेष्ठ नागरिक सँग युवा आवाज” भन्ने नाराका साथ बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा जेष्ठ नागरिक आमा बुवाहरूलाई सम्मान तथा दहि चिउरा र फलफूल खुवाउने कार्यक्रम सम्पन्न गरिएको थियो ।
युवा आवाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोखरेलको अध्यक्षता त्यस्तै अथितिहरूमा जेष्ठ नागरिक मञ्च बुद्धशान्तिका अध्यक्ष कृष्ण प्रसाद फुयेल,पुर्व बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष अर्जुन पाण्डे,राधा कृष्ण जेष्ठ नागरिक भेटघाट चौतारिका अध्यक्ष रोइत कुमार भट्टराई,लगायतको आतिथ्यता रहेको थियो ।
शनिबार राधाकृष्ण मन्दिरको साभाहलमा भएको उक्त कार्यक्रममा आफ्ना भनाईहरू राख्दै पुर्व गाउँपालिका उपाध्यक्ष अर्जुन पाण्डेले भन्नुभयो ,असल छोराले आफ्ना बुवा आमालाई सम्मान गर्दै श्रीमती र बुवा आमालाई मैत्रीपुर्ण तरिकाले मिलाएर उज्यालो भबिस्यको बाटोमा किन बढ्न सक्दैनन बुवा आमा तथा सासुससुराको अपमानद्वारा अगाडि बढ्न खोजीएको भविष्य कस्तो कति कष्टकर हुन्छ भन्ने कुरा अहिलेका थुप्रै छोराबुहारीले सोचेको पाइदैन बुवा आमाको आशिर्वाद नै संतानको लागी उर्जाबान हुने गर्दछ भन्दै आफ्ना भनाईहरू राख्नु भएको थियो ।
कार्यक्रमको सामापन गर्दै सभाअध्यक्ष सेमन्त पोखरेले भन्नुभयो जुन घरमा छोरा बुहारी बुद्धिमान र ज्ञानि हुन्छन् त्यस्ता घरहरु सधैं उज्यालो हुने गर्दछ ,बुवा आमाको न्यानो आशिर्बादले नै छोरा बुहारीको सम्मान र आदर पनि हुने गर्दछ यो दुनियाँमा सबै चिज खोजेर प्राप्त गर्न सकिन्छ तर जन्मदिने बुवा आमा कहिँलै प्राप्त गर्न नसकिने बताउनु भयो ।
युवा आवाज बुद्धशान्तिका कोषाध्यक्ष चिन्तामणी गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा युवा आवाजले आगामि दिनमा पनि प्रत्येक शनिबार आफ्ना वडाका सबै जेष्ठ नागरिक भेटघाट चौतारीमा युवा आवाज बुद्धशान्ति कार्यक्रम लिएर जाने संस्थाका सचिव देवेन्द्र भण्डारीले बताउनु भयो ।
समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भएको समितिका सदस्य सुनिल भण्डारीले बताउनु भयो ।
हाल संस्थाका अध्यक्षका रुपमा सेमन्तराज पोखरेल, उपाध्यक्षमा रमेश नेपाल, सचिवमा देवेन्द्र भण्डारी, कोषाध्यक्षमा चिन्तामणी गौतम ,राम धिमाल ,कमल भुजेल, अनिल कोईराला ,रहनु भएको छ।
संस्थाका उपाध्यक्ष रमेश नेपालले संचालन गर्नुभएको कार्यक्रममा युवा आवाज बुद्धशान्तिका सचिव देवेन्द्र भण्डारीले अौचित्य माथि प्रकाश पार्नुभएको थियो ।
संस्था स्थापना भए देखिनै जनचेतना मूलक कार्यक्रम गर्दै आएको यस संस्थाले अन्तराष्ट्रिय लागुऔषध तथा अवैध तस्कर विरुद्ध दिवसको अवसरमा अषाढ ११ गते बुधबारे चोकमा जनचेतना मूलक कार्यक्रम समेत सम्पन्न गरेका थिए।