ज्ञानु भट्टराई । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानमा काम गर्ने मजदुरलाई शुक्रबार रेनकोट वितरण गरिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ ले ३३० थान रेनकोट वितरण गरेको हो ।
बर्खाको समयमा परेको पानीमा मजदुरहरूले भिज्दै काम गरेको देखिएका कारण १ लाख ७० हजार बराबरको रेनकोट वितरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले बताउनु भयो । गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो।
चिया कमानमै गएर रेनकोट वितरण गरिएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलले सञ्चालन गर्नुभएको थियो बर्खायाममा भिज्दै काम गर्नु पर्ने र बिरामी हुने समस्या आइरहने हुन्थ्यो तर अब यो समस्या काम हुन्छ भन्दै रेनकोट वितरण गर्ने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायलाई मजदुरहरुले धन्यबाद दिएका छन् । रेनकोट पाएपछि मजदुरहरू हर्सित भएका छन् ।
केही समय अघि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले सोही स्थानका मजदुरलाई गमबुट बितरण गरिएको बताईएको छ । अबको केही दिनमा वगानका काम गर्ने मजदुरहरूलाई पालिकाको सहकार्यमा स्वाथ्य सिविर सन्चालन गर्ने गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ।