
बुद्धशान्ति ढुवानी मजदुर संघको चौथो गाउँ अधिवेशन बिहीबार सम्पन्न भएको छ।
बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमा बुद्धशान्ति ढुवानी मजदुर संघका अध्यक्ष हेमन्त राजवंशीकाे अध्यक्षता बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै अतिथिहरूमा बुद्धशान्ति वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेती ईलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख प्रविन भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले मजदुरहरूका लागि गाउँपालिकाले बजेट नै छुट्याएर उनीहरूकाे विकास र प्रवर्द्धनमा ध्यान दिने बताउनु भयो ।
बुद्धशान्ति उद्योग वाणिज्य संघकाे सभाहलमा भएकाे कार्यक्रम बुद्धशान्ति मजदुर संघका सम्पुर्ण मजदुरहरूको उपस्थिति रहेको थियाे ।
मजदुर संघकाे आगामी कार्यकालका लागि अध्यक्षमा भवेष राजवंशी चयन भएका छन् भने उपाध्यक्षमा रविन राजवंशी, सचिवमा उवारूजुदिन माेहम्मद, सहसचिवमा अलाउदिन महम्मद, काेषाध्यक्षमा फराउदिन रहमान लगायत ४ सदस्य चयन भएका छन् ।
नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइने गरेको हो । तर यस दिनलाई वि. सं. २०६४ बाट मात्र आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गरिएको हो ।
वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमको संचालन गाेकुल पाैडेलले गर्नु भएको थियो ।