
इलाममा एक पुरुषले श्रीमतीको हत्या गरि आत्माहत्या गरेका छन् । माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षिय राधिका खतिवडाको हत्या गरि आत्माहत्या गरेका हुन् ।
राधिका पिताम्बरी जेठी श्रमती हुन् ।
गएराती करिव साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घरमा गएका थिए । घरमा जाँदा भित्र चुक्कुल लगाएकै अवस्थामा राधिका घरको कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरिक्षक मदन बस्नेतको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो ।
साथै प्रहरी चौकी जौबारीबाट समेत प्रहरी सहायक निरिक्षक धनप्रसाद रिमालको कमाण्डमा दुई जना प्रहरी घटना स्थलमा पुगेको थियो ।
श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यू भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार श्रीमती राधिकाको वाँया गालाको भागमा दुईवटा गहिरो चोट लागेको फेला परेको छ ।
घरमा ताला लगाएर फरार भएका पिताम्बर समेत घरभन्दा करिव एक मिटर उत्तरमा निबारोको रुखमा झुण्डिएर आत्माहत्या गरेको अवस्थामा फेला परेका छन् ।
आमाको हत्या बुबाले नै गराएको हुनसक्ने संका १४ वर्षिय छोरी रचना खतिवडाको बयान आएको प्रहरी प्रमुख घिमिरेको भनाई छ । घटनास्थल सुरक्षित राखिएको छ ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट थप प्रहरी परिचालन गरिएको बताइएको छ ।
इलाममा पछिल्लो समय हत्याका घटना बढ्दै गएका छन् । दुई दिन अघि मात्र इलामको माई नगरपालिकामा समेत जेठाजुले बुहारीको हत्या गरेका थिए ।