झापाको बुद्धशान्ति गाउँपालिकामा पनि स्वास्थ्य जीवनको चाहाना योग शिक्षा र साधना हाम्रो राष्ट्र हाम्रो गौरव भन्ने कामनाको साथ पातान्जल योग समिति झापाको सहकार्यमा बुधबारे योग साधना केन्द्र सन्चालमा आएको छ ।
केही समय अघिबाट बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित रामजानकी मन्दिरको सभाहलमा भएको योग साधनाको बिहिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
बिहिबार सम्पन्न भएको योग साधना कार्यक्रममा पातान्जल योग समिति झापाका अध्यक्ष श्याम ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुद्बशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं बिशिष्ठ अतिथिमा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा अतिथिहरूमा वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ वडा नं ३ वडा सदस्य लिला परियार पातान्जल योग समिती झापाका कोषाध्यक्ष टीका सुवेदी लगायतको अातिथ्यता रहेको थियो ।
कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिहरुलाई बुद्धशान्ति गाउँपालिका वडा नं का वडा अध्यक्ष पर्शुराम चेम्जोङले शाब्दिक स्वागत गर्नुभएको कार्यक्रमको पातान्जल योग समिति झापाका सचिब देवेन्द्र ढकालले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी मनोज प्रसाईले खाना हाम्रो शरीरको लागि एक अनिवार्य आवश्यक्ता कस्तो खाना खान्छौं, कसरी खान्छौं, कहाँ र कुन बेला खान्छौं भन्ने कुराले निकै महत्व राख्छ । किनभने स्वस्थ्य जीवनका लागि राम्रो एवं पोषिलो खानेकुरा मात्र भएर पुग्दैन त्यसैले हाम्रो मानव स्वाथ्यलाई योग साधना लाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नुभयो आफु स्वस्थ भै सिङ्गो समाज लाई स्वस्थ समाज निर्माण गर्न यस योग साधनाले सहयोग पुर्याउने भन्दै बुद्धशान्ति गाउँपालिकाको तर्फ बाट साथै आफ्नो व्यतिगत तर्फबाट यस योग साधना केन्द्रलाई सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले भन्नू भयो हाम्रा पूर्खाहरुले खानपानका सम्बन्धमा यावत् विधी एवं तौर–तरिकाहरु पहिल्याएका छन् । तर आज भोलि हामी खाना खानुअघि के गर्ने, खाना खादा कसरी खाने, खानपानपछि के गर्ने भन्ने कुरामा पनि हामी स्पष्ट छैनौ त्यसले पनि हाम्रो स्वाथ्यमा पनि असर पुगिरहेको हुन्छ त्यसैले पनि हाम्रो स्वाथ्यलाई योग साधना आवस्यक रहेको बताउनु भयो ।
बुधबारे योग साधना केन्द्र सन्चालन गर्नका लागि समिती समेत गठन गरिएको बुधबारे योग साधना केन्द्रका सन्चालक समितिका अध्यक्ष राजु उप्रेतिले बताउनु भयो ।