नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति झापाको आयोजना एवम् नेपाली काङ्ग्रेस बुद्धशान्ति-४ नम्बर वडा समिति र नेपाल विद्यार्थी संघ बुद्धशान्तिको समन्वयमा तथा काकरभिट्टा आई केयर सेन्टर प्राली को प्राविधिक सहयोगमा बुद्धशान्ति वडा न:४ सट्टाभर्ना स्थित श्री गणेश माविमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।
केही दिन एता अत्यधिक रुपमा आँखा सम्बन्धि समस्या बाट आम मानिस ग्रसित भइरहेको अवस्था मा यस शिविर बाट ५२० जनाले सेवा लिएका छन् ।
शिविर कै उद्घाटन सत्रमा आयोजित औपचारिक कार्यक्रम नेविसंघ झापा सभापति संजय निरौलाको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापा क्षेत्र न:२ क्षेत्रीय सभापति खगेन्द्र मैनाली ,बुद्धशान्ति -४ नम्बर वडाध्यक्ष शेरबहादुर राय ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा,नेपाली काङ्ग्रेस जिल्ला सदस्यहरु,विभिन्न भ्रातृ संस्थाका प्रमुख ,नेविसंघ जिल्लाका पदाधिकारी तथा सदस्य ,विभिन्न क्याम्पस स्ववियु सभापति तथा सदस्य ,क्याम्पस इकाई सभापति तथा पदाधिकारी ,पार्टी प्रदेश सभा पदाधिकारी ,क्षेत्रीय सदस्य लगायत विभिन्न तहका नेतृत्वको उपस्थिति रहेको थियो।
नेपाली काङ्ग्रेस बुद्धशान्ति -४ वडा सचीव दिपक शेर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए।कार्यक्रममा नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा र प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं ले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन नेविसंघ झापा सचीव गोकुल पौडेलले गर्नु भएको थियो ।