पछिल्लो समय बर्सेनि ओरालो लागेको अलैँचीको भाउ ६ वर्ष यताकै उच्च भएको छ ।
पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ पाउने भएपछि कृषक खुसी भएका छन् । नयाँ उत्पादन बजार निस्कनै लाग्दा पाँचथरमा अलैँची प्रतिमनको ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सिजन शुरु हुन लाग्दा अलैंची काे मुल्य उकालाे लागेपनि याे बर्ष उत्पादन भने घटेकाे छ ।
खाेल्छाकाे सुन उपमा पाएकाे अलैची ईलामे भुमिमा राेगले सखाप भएर मासिएकाे भएपनि किसानहरुले नयाँ ठाउँहरुमा नयाँ जात र नयाँ तरिकाले राेपेपछि केहिबर्ष यता उत्पादन बढेकाे थियाे ,तर नयाँ ठाउमा पनि पुरानै राेगले सताएपछि फेरि मासिने अवस्थामा पुगेकाे छ ।बिगतका बर्षहरुमा किसानले सिमसार खाेल्छापाखा भित्ता र जंगलमा लगाएकाे रामसाई,गाेलसाई,डम्वरसाई चिबे जातकाे अलैंची लगाउने र मनग्गे उत्पादन हुने थियो तर अहिले त्यस ठाउँहरुमा अलैचि मासिएपछि बारीका गराहरुमा भारलाङ्गे र जिरमले जातका अलैंची राेपेर उत्पादन लिन थालेकाे भएपनि अहिले पुरानै राेगकाे कारण बगानै सखाप भएकाे सुर्योदय नगरपालिका वडा नं ६ का किसान सविर तामाङ बताउनु हुन्छ ।
उहाँ भन्नू ,गतबर्ष उत्पादनकाे सिजनमा करिव तीस हजारमा रहेकाे अलैची याे बर्ष सिजन सुरुकै बेला साठि हजार भन्दा बढिमा बिक्रि हुन थालेकाे छ । गतबर्ष करिव २५ मन सुख्खा अलैंची उत्पादन गरेका राेङ ६ का किसान उमेस प्रधानले याे बर्ष दुई तिन मन पनि नहुने बताउनु हुन्छ । यसैगरि सुर्याेदय नगरपालिका वडा नं ६ फाजिगाउँका राजेन्द्र सापकाेटा भन्नुहुन्छ गत बर्ष ११ मन भएकाे थियाे यसपालित बगानमा जान नै अल्छि लाग्दाे छ । पहाडि भुभागमा मात्रै हुने अलैचि अहिले कछाड र ताताे हावापानिमा सुपारी खेति सगै हुन थालेकाे छ यसकाे कारण न कतैवाट खाेजियाे न त राेगकाे पहिचान र निदान नै भयाे किसानहरुकाे गुनासाे रहेकाे छ ।
बिगतमा आठमन सम्म सुख्खा अलैच उत्पादन गरेकाे राेङ ६ का गणेश राई भन्नुहुन्छ मैले त अस्तिनै अम्लिसो पाे राेपिसके के टिप्नु ?
अलैंची मा छिर्के ,फुर्के राेग पहिला देखीनै रहेपनि बिगत केहि बर्षयता सरलक्क बाेट मरेर जाने राेग संक्रामक भएर आएकाे थियाे ।शुरुमा नेपालकाे पाच जिल्लामा मात्रै उत्पादन हुने अलैंची खेती अहिले नेपालका चालिस भन्दा बढि जिल्लामा फैलिसकेकाे र नेपालबाट सबैभन्दा बढि बिदेशी मुद्रा भित्राउने कृषि उपज हाे तर सरकारी निकायबाट उचित अनुसन्धान र राेगकाे निदान नखाेजिएमा तथ्याङ्क ऐतिहासिक मात्रै बन्ने निश्चित रहेकाे छ ।