
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित युवा आवाज बुद्धशान्तिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुद्धशान्ति गाउँपालिका वडा नं स्थित आदर्श मा. वि. जयपुरकाे प्रङ्गणमा अन्तर माध्यमिक तह वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
संस्थाका संयोजक सेमन्त पोख्रेलको सभापतित्व, प्याब्सन बुद्धशान्ति अध्यक्ष गंगा निरौलाको प्रमुख आतिथ्य, आदर्श मा. वि. जयपुरका प्र. अ. करुण कुमार पराजुली, बुद्ध आदर्श मा. वि. व्यवस्थापन समित अध्यक्ष मनोरथ तिवारीको विशिष्ट आतिथ्तय, आदर्श मा. वि. जयपुर निवर्तमान व्यवस्थापन समित अध्यक्ष ध्रुव ओली, समाज सेवि मनेस दहाल ,आदर्श मा. वि. जयपुर पूर्व व्यवस्थापन समित अध्यक्ष काजी श्रेष्ठ लगायतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
स्थानीय रमेश नेपाल तथा चन्द्र प्रकाश पौडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार गोपाल विमलीले स्वागत मन्तव्य, राखेको कार्यक्रममा प्र.अ. करुण कुमार पराजुली, प्रमुख अतिथी गंगा निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै संस्थाका कार्यक्रम संयोजक चिन्तामणि गौतमले कार्यक्रमकाे औचित्य प्रकाश पार्नु भएको थियो ।
पछिल्लो समय युवा आवाज बुद्धशान्तिले समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भए देखिनै जनचेतना मूलक कार्यक्रम गर्दै आएको यस संस्थाले अन्तराष्ट्रिय लागुऔषध तथा अवैध तस्कर विरुद्ध दिवसको अवसरमा अषाढ ११ गते बुधबारे चोकमा जनचेतना मूलक कार्यक्रम लगायत विभिन्न समाजमा सामाजिक कार्य गर्दै आएको कार्यक्रम संयोजक सेमन्त पोख्रेलले बताउनु भयो ।
शुक्रबार भएको वतृत्वकला प्रतियोगितामा १३ वटा विद्यालयका विद्यार्थिहरू सहभागिता रहेको थियो । प्रतियोगिता तर्फ पहिलो जयपुर अङ्ग्रेजी बोर्डिङ स्कूलकी छात्रा पूजन आचार्य, दोश्रो कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा रोजिशा धिमाल, तेश्रो एरा एभरग्रीन मा. वि. की छात्रा सुबना बराल र कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा निशा फुयेल सान्तवना भएका थिए बिजेतालाई नगद ३०००/२०००/१०००/५००/ साथै प्रमाण पत्र हासिल गरेको संस्थाक सचिब देवेन्द्र भण्डारीले जानकारि दिनु भयो ।