
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित त्रिभुवन माध्यमिक विद्यालय होक्सेको शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् एवम् छठ पर्व २०८०को अवसरमा त्रिभुवन मा. बि. होक्सेले शुक्रबार शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष खड्ग तिम्सिनाको सभापतित्वमा भएकाे कार्यक्रममा वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि विद्यालयका शिक्षक विद्यार्थी अभिभावक सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
शनिवार भएको बधाई तथा शुभकामना कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष पूर्ण प्रसाद संजेलले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्य प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा अाफ्ना भनाई राख्दै प्रमुख अथिति वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले आफुले पढेकै विद्यालयमा आफुलाई पढाउने शिक्षक गुरूअामा सँग बसेर शुभकामना अादान प्रदान गर्ने अवसर मिलाउनु हुने विद्यालय परिवारलाई धन्यबाद दिदै सम्पुर्णमा विजया दशमीको शुभकामना दिदै बुद्धशान्तिको शैक्षिक गुणस्तर उकास्न सम्पुर्ण अभिभावक हरूको पनि साथ र सहयोग लिएर गाउँपालिको शिक्षामा गुणस्तर बढाउनका लागि आफु लागि पर्ने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा पुर्व विद्यार्थी समाज गठन सहयाेग समिति गठन समेत गरिएको थियो । जसमा अर्जुन अधिकारी संयाेजक ,उमेश भट्टराई सहसंयोजक लगायत ७ सदस्य समिती चयन भएका हुनु भएको थियो ।