
झापाको बुद्धशान्ति स्थित हँडिया खोलाको किनारमा हुँदै आएको छठ पूजाको यो वर्षको तयारी पूरा भएको छ ।
छठ पूजा व्यवस्थापन गर्दै पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो वनाएर एकसाइट बनाई बाँसको अस्थायी स्टल बनाउने, विद्युत जडान गर्ने लगायतका काम सकिएको छठ पुजा सेवा समिती बुद्धशान्ति अध्यक्ष व्यास प्रसाद शाहले जानकारी दिनु भयो ।
त्यस्तै, करिब ३५० जना क्षमताको स्टल निर्माणको काम पनि पूरा भएको बताईएको छ ।
बुधबारेको हडिया खोलामा हुने छठ पूजामा ५००० भन्दा बढी श्रदालु भक्तजनहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।
छठ पूजाका साथै बृहत सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोग हुँदै गरेको बताईएको छ ।
पूजा अवधिमा सुरक्षा व्यवस्थापनका बुधबारे इलाका प्रहरी कार्यलयलाई समेत पत्रचार गरिएको समितिका सचिब तार्केश्वर गुप्तले बताउनु भयो
त्यस्तै, पूजाका लागि बुद्धशान्ति गाउँपालिका साथै वडा १ र वडा नं ३ को वडाकार्यलयको पनि सहयोग रहेको समितिका अध्यक्ष ब्यास प्रसाद शाहले बताउनु भयो ।