झापाको बुद्धशान्ति- गाउँपालिका वडा नं ६ रहेको ऐतिहासिक ठुटेबर मेलाको आज उत्घाटन गरिएको छ ।
प्रमुख अतिथी झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले मेलाको ब्यानर पडेर र ठुटेबरमा पानी हाल्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
समितीका अध्यक्ष खड्ग पंधाक सुब्बाको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रमा विश्व प्रकाश शर्माको प्रमुख अातिथ्यता रहेको थियो । बुद्धशान्ति ६ का वडाध्यक्ष शिबराज पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, बुद्धशान्ति गाउपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, रोङ गाउँपालिका उपाध्यक्ष विष्णु माया खवास, बुद्धशान्ति गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत विनोद पोख्रेल लगायतको विषिष्ठ अातिथ्यता रहेको थियोकार्यक्रममा बोल्दै रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोले दुई पालिका मिलेर पर्यटनको बिकास र संरक्षणको लागि विभिन्न कार्यक्रम गर्नलाई समन्वय गरिरहेको बताउनु भयो ।
यता बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाईले ऐतिहासिक महत्व बोकेको ठुटेबर समग्र बुद्धशान्तिकै गौरवको बिषय भएको भन्दै बिकास र प्रबर्द्धन गर्दै स्थानीयको आर्थिकस्तर उकास्न कम्मर कसेर लागेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले धर्म संस्कृति र संस्कारको उद्गम स्थल शान्तिनगर भएका कारण पनि यश ठुटेबर मेलाले बिशेष योगदान दिएको र मेलाले सब्य समाज निर्माणमा मुख्य भुमिका निर्बाह गरिरहेको उद्घोस गर्नुभयो ।
साथै मेला उद्घाटनको अवसरमा विभिन्न महिला समूह हरुले नौमती बाजा, च्याब्रुङ नाच लगायत विभिन्न सास्कृतिक झाकिहरु प्रस्तुत गरिएको थियो । यता म्याराथुन दौड प्रतियोगिता पनि सम्पन्न भएको छ ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाका वडाध्यक्ष कार्यपालिका सदस्य साथै ईलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख, सशस्त्र बेस क्याम टिमाई प्रमुख लगायतको उपस्थितिमा उत्घाटन गरिएको कार्यक्रमको सन्चालन अायोजम समितिका सोमनाथ पौडेल र निलमणि न्यौपानेले गर्नुभएको थियो ।