सृजनशिल युवा समाज बुद्धशान्ति -४ ले शुक्रबार एक कार्यक्रमको आयोजना गरि देउसी भैलो कार्यक्रमको आयव्याय प्रस्तुत गर्दै देउसी भैलो कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्णलाई सम्मान गरेको छ ।
सृजनशिल युवा समाजका सदस्य सुर्य कुमार तामाङले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल पराजुलिको सभापतित्व, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, बुद्धशान्ति वडा नं ४ कार्यपालिका सदस्य दुर्गा देवी ढुङ्गेल, वडा सदस्य शशिकला विश्वकर्मा ,समिति सम्पुर्ण सदस्य सरोकारवालाहरू सन्चारकर्मी लगायतको बाक्लो उपस्थीति रहेको थियो ।
सामाजिक कार्यको उद्देश्य राखेर २०८० सालको तिहारमा देउसी भैलो खेलेर सृजनशिल युवा समाजले १ लाख १५ हजार ८ सय ६२ रूपयँ बराबर रकम सकंलन गरेको छ ।
देउसी भैलो कार्यक्रमका समितिका सचिव पारस लिम्बुले १ लाख ७५ हजार ८ सय ६२ रूपयाँ भन्दा बढि रकम सकंलन भएको जानकारी दिदै ९४ हजार ३ सय ५० रूपयाँ खर्च भएको साथै संस्थामा ८१ हजार ५ सय १२ रूपयाँ बचत भएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल पराजुलिले औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा देउसी भैलो कार्यक्रममा सहभागी सम्पुर्ण लाई अबिर, खाँदा र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
साथै संस्थालाई स्थापना देखिनै अहिले सम्म निरन्तर रूपमा सहयोग पुर्याउनु हुने पुर्व अध्यक्ष ,उपाध्यक्ष ,सचिव, सदस्य,सहयोगी गरि ५ जनालाई समेत सम्मान गरेको छ , सम्मानित हुनेहरूमा शुङराज कार्की , विकास गुरूङ नवराज खतिवडा टेकेन्द्र भट्टराई कृष्ण कुमारि श्रेष्ठलाई खाँदा अविर साथै सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष नारायण कुमार रेग्मीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको कार्यक्रममा आफ्ना भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि मनोज प्रसाईले देउसी भैलो खेलेर संस्थाको आर्थिक स्रोत खडा गर्ने कार्य राम्रो भएको भन्दै संस्थाले सम्पुर्ण प्रकृया पुर्याएर आएमा पालिकाको तर्फबाट संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सम्मान कार्यक्रमा समापन गर्दै संस्थाका अध्यक्ष पराजुलिले देउसी भैलो कार्यक्रमा तथा संस्थालाई सहयाेग गर्नुहुने सम्पूर्ण महानुभाव, कलाकार, समाजसेवी, सहयोगी सम्पूर्णमा धन्यवाद दिदै उहाँले भन्नुभयो, विगतका दिनहरूमा पनि संस्थाले देश कोरना कहरले थलिएको बेलामा स्थानिय तहलाई अार्थिक सहयोग लकडाउनको बेलामा विपन्न परिवालाई खाद्यान्न सहयोग ,संस्थाहरूमा सरसफाई जिल्ला स्तरिय फुटबल खेलाउने पछिलो समय चर्चामा अाएको भाईरल सिरिसको वरपर वृक्षारोपण सरसफाई जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र देउसी भैलोमा साथ दिने सबै समिति सहभागी भाईबहिनि अभिभावक बिभिन्न सघँ सस्थाँका पदाधिकारी लगायत सबै सरोकारवाललाई धन्यवाद दिदै उठेको रकम विभीन्न सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाउनु भयो ।