
इलाम जिल्ला खेलकुदमा प्रशस्त सम्भावना बोकेको क्षेत्र भएको साथै ठुला तथा साना फुटबल खेलहरु सञ्चालन भइरहने पुर्वको सुन्दर नगरी रोङ गाउँपालिका वार्ड नं. ६ साविक जिर्मले गा.वि.स. मा खेलाडी उत्पादन तथा खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले करिव २ महिना सम्म सञ्चालन हुने प्रथम जिर्मले फुटबल लिग सञ्चालन हुने भएको छ ।
वडा खेलकुद समितिको आयोजना र रोङ गाउँपालिका ६ नं. वडा कार्यालय र खेल संचालन समितिको संयुक्त सहयोगमा सञ्चालन गर्न गइरहेको उक्त प्रतियोगितामा रोङ ६ जिर्मलेको साविकको ९ वटै वडाहरुको प्रतिस्पर्धा रहने लिगमा रोङ ६ भित्रका खेलाडीहरुले मात्र टिममा सहभागीता जनाउन पाउने र खेल एन्फा को नियम अनुसार खेलाइने आयोजकले जानकारी दिएको छ
।प्रतियोगितामा विजेता टिमले रु ६०,०००। (साठी हजार) र उपविजेता टिमले रु.४०,०००। (चालिस हजार) साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको व्यवस्था रहने, लिगमा समावेश ९ वटै टिमलाई १/१ सेट जर्सी वडा खेलकुद समितिबाट प्रदान गरिने र प्रत्येक टिमलाई खेलको दिन फेयर स्वरुप केहि रकम दिइने पत्रकार सम्मेनल गर्दै आयोजकले जानकारी दिएको हो ।
मंसिर २९ बाट सञ्चालन हुने फूटबल लिग हप्ताको २ दिन शुक्रबार र शनिवार ४ वटा खेल मैदानमा खेलको तालिका र समयनुसार खेल हुने छ ।