लैङ्गिक हिंसा बिरूद्धकाे १६ दिने अभियानकाे अवसरमा बुद्धशान्ति गाउँपालिकामा पनि विभिन्न ठाउँहरूमा
लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरू भईरहेको छ ।
अखिल नेपाल महिला संघको आयोजनामा बुद्धशान्ति ३ उद्योग वाणिज्य संघको सभाहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघका अध्यक्ष भगवती खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य टीका देवि घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा बिषिष्ठ अतिथिहरूमा अधिवक्ता सहजकर्ता हेमकला कट्टेल नेकपा एमाले जिल्ला कमिटि सदस्य टीका पाठक,मनोरथ तिवारी ,गंगा सुवेदी, गाउँ कमिटी अध्यक्ष नेत्र रिजाल लगायतको अातिथ्यता रहेको थियो ।
कार्यक्रम प्रभाबकारी र रोचक भएको भन्दै सहभागी सम्पुर्ण महिला दिदी बहिनीलाई घरको चुलो चौका मात्र नभै यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर सहभागी हुनु भएकोमा धन्यवाद ब्यक्त गर्दै सहजकर्ता हेमकला कट्टेलले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागीहरूलाइ अखिल नेपाल महिला संघकी यमुना भण्डारीले साब्दिक स्वागत गर्नुभएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले महिलाहरु आर्थिक रुपमा सक्षम हुन सकेमा हिंसा आफै कम हुने बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट महिला तथा किशोरीहरु बढी हिंसामा पर्ने गरेको भन्दै यसको नियमन गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने सबैले आआफ्नो ठाउँवाट सहयोगको आवश्यक रहेको उहाँको भनाई थियो । महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसालगायतका घटना सहेर नबस्न समेत उहाँले अाग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य मनोरथ तिवारी ,सदस्य टीका पाठक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका सभाअध्यक्ष भगवती खतिवडाले अौचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सन्चालन कार्यपालिका सदस्य दुर्गा पोख्रेल ढुंगेलले गर्नुभएको थियो ।