आइतबार दिउँसो गाउँमा चितुवामा पसेर आक्रमण गर्दा बर्दियाको गुलरिया नगरपालिका ११, गोरखचौराहा र बढैयाताल गाउँपालिकामा आठजना घाइते भएका छन् ।
बढैयाताल गाउँपालिका ९ का मोहनलाल थारु खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीय बासिन्दाले लखेटेका थिए ।
त्यस्तै चितुवाले गुलरिया ११ फरमान हजामलाई उनको घरमा पसेर आक्रमण गरेको छ ।
चितुवालाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, बर्दिया निकुञ्जका कर्मचारी र प्रहरी पुगेका थिए । चितुवाले प्रहरी सहायक हवल्दार गमनसिंह सुनार र कर्मचारीसहित आठ जनालाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले जानकारी दिए ।
घाइतेहरुको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । प्रहरीका अनुसार चितुवालाई भने नियन्त्रणमा लिन सकिएको छैन । त्यहाँ अहिले प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।