इलामको सूर्योदय नगरपालिका–१० फिक्कलबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । आईतबार अन्दाजी साढे ५ बजेको समयमा झापा स्टेन्डबाट लागु औषध ब्राउन सुगर जस्ता देखिने पदार्थ सिहित सूर्योदय नगरपालिका–१० फिक्कलमा मोबाइल पसल संचालन गर्दै आएका ४० बर्षिय छिनम तामाङ र २८ बर्षिय अविशेक राई पक्राउ परेका हुन् ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीले लागुऔषध खरिद विक्री गर्दै गर्दा दुवै जनालाई पक्राउ गरेको हो । लेनदेनका क्रममा प्रहरीलाई देखेपछि अविशेकको हातबाट लागु औषध भुइमा खसेको थियो । उनीहरुको साथबाट ३३० मिलिग्रामको ४ पोका र ११० मिलिग्रामको १ पोका लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगिएको छ ।