![](https://suryodayaonlinenews.com/wp-content/uploads/2023/12/IMG_9142-1-1024x636.jpg)
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ मा रहेको चिलिमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको आफ्नै भवनमा भएको वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र प्रसाद अधिकारीको अध्यक्षता त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा बुद्धशान्ति साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष चन्द्र प्रकास कोईराला, चर्चाबारी खानेपानिका अध्यक्ष खड्ग कुमार खनाल , शिशु सुधार आधारभुत विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापा, संस्थाका पुर्व अध्यक्षहरू मनोरथ तिवारी, युवराज बास्तोला , खेमराज बास्तोला विचारी धिमाल निवर्तमान अध्यक्ष विष्णुलाल रिजाल, निवर्तमान अध्यक्ष ,सल्लाहकार संयोजक, लेखा संयोजक लगायतको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवी प्रसाद अधिकारीले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, सानाशहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष चन्द्र कोइराला, आदर्श नमुना सामुदायिक वन उपभोक्ता समितिका सचिव मीना अधिकारी संस्थाका पुर्व अध्यक्ष मनोरथ तिवारी, युवाराज बास्तोला ,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शुक्रबार सम्पन्न भएको साधारण सभामा संस्थाले गरेका विविध कार्यक्रमहरुको बारेमा प्रष्ट पार्दै संथाका अध्यक्ष चन्द्र अधिकारीले प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो भने संस्थाकी सचिव नर्वदा बाँस्कोटाले कार्यक्रमको संचालन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई मायाको चिनो द्वारा सम्मान समेत गरिएको थियो ।
अब बन्ने नयाँ नेत्रित्व चयनका लागि निर्वाचन समिती समेत चयन भएको छ । समितिमा चन्द्र प्रकाश कोइलाको संयोजकत्वमा दुई सदस्य सोभा खनाल र पुन्य प्रसाद खतिवडा चयन हुनुभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकत्वमा विष्णु प्रसाद सापकोटा सदस्यमा भोला न्यौपाने र सिखा घिमिरे चयन हुनुभएको छ ।