लिम्बु किरात राईहरूको मौलिक चाड चासोक तङनाम अर्थात उधौली पर्वका अवसरमा बुद्धशान्ति ४ को टिमाई सिविर परिसरमा परम्परागत रूपमा मनाउदै आएको संस्कृतिलाई निरन्तरता दिन पौष चार गते बाट सन्चालन भएको मेला आज पौष १० गते समापन हुदैछ ।
पौष ४ गते महेश मेन्याङबोको अध्यक्षतामा उत्घाटन गरिएको मेलामा झापा जिल्ला किरात याक्थुङ चुम्लुङ अध्यक्ष सेसेहाङ फ्याकलको प्रमुख आतिथ्यतामा उत्धाटन गरिएको थियो ।
आज समापन हुने मेलामा दिउँसो १०/३० बाट बिभिन्न च्याब्रुक, चण्डी, डम्फु, संगिनी, बालन, हुर्रा, कौडा र तामाङ सेलो जस्ता सांस्कृतिक कार्यक्रम आयोजना गरिएको समितिका सचिव मोहन मावोले जानकारि दिनु भयो
लिम्बुहरूको जातिहरूको पर्व चासोक तङनाम २०८० विभिन्न युमालाङ येबालाङ केलाङ झाकि सिल्लि साकेला पर्व लक्क्षित कार्यक्रम विभिन्न खेल तमासा लठ्ठा तान भलिबल हाडि फुटाउने समापन १० गते हुने बताईएको छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्दै मनाउने गरिएको समाज सेवि राजेन्द्र राईले बताउनु हुन्छ। किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रायः पुरुषले दौरा सुरुवाल ढाका टोपी र छातीमा सिलाम साक्मा लगाँउछन् भने महिलाले सारी चौबन्दीसहित आकर्षक गरगहना लगाएका भेटिन्छन् । औपचारिक पोसाक नलाएका नागरिकले पनि प्रायः सिलाम साक्मा लगाउने गरेको संस्थाका अध्यक्ष महेश मेन्याङ्वो बताउनु भयो।