बुलेट किराँतीकाे रिहाईकाे माग गर्दै प्रदेश नम्बर १ पुन नामाङ्कन संघर्ष समितिले पाैष १८ र १९ गते मेची राजमार्ग बन्द गर्ने घाेषणा गरेका छन् ।
बन्दकाे पालना नगरे भाैतिक कार्वाही गर्न सकिने यस सम्बन्धि निकट एक नेताले सूर्योदय न्युजका प्रतिनिधिलाई जानकारी दिएका छन, ।
केही समय अघि किटेनी स्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको विषयमा अनुसन्धानका लागि बुद्धशान्तिका बुलेट किरातीलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले विर्तामोड बसपार्कबाट पक्राउ गरेको थियो