झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयले आफ्नो ६३ औँ बार्षिकोत्सव सम्पन्न गरेको छ ।
विद्यालय व्यवसथापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ भद्रपुर झापाका अध्यक्ष राजकुमार विकको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव सम्पन्न भएको हो ।
१८, १९ र २० गते भएको बार्षिकोत्सवको समापनका दिन विविध अक्षय कोषबाट छात्रावृत्ति प्रदान, अन्तर सदन-अन्तरकक्षा तथा खुला नित्य तथा गायन प्रस्तुत , विद्यालयबाट कक्षा १० उत्तीर्ण हुने र कक्षा १२ उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान, विभिन्न विधामा शिक्षक सम्मान समेत गरिएको थियो ।
सम्मानित हुने शिक्ष्कहरुमा दिपक वुढाथोकी, छत्रमणी आचार्य, टिकाराम खवास, गोविन्द ढुंगाना, युवराज अधिकारी, उर्मिला कोईराला, जीवनकुमार भट्टराई, ज्ञान बहादुर धिमाल, गणेश प्रसाद तिम्सिना, माधव वराल, अशोक भुर्तेल, हरि प्रसाईंलाई नगद प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट बर्ष शिक्षक उमादेवी लामगाँदे र राजु पौडेललाई सम्मान गरिएको थियो । उनीहरलाई नगद ७ हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै विद्यालयमा लामो समयसम्म कर्मचारीको रुपमा रही सेवानिवृत्त भएका कर्मचारी डिल्लीराम काफ्ले र हरि भण्डारीलाई समेत सम्माान सहित विदाई गरिएको थियो । उहाँहरुलाई क्रमश ६० हजार र ४० हजार नगद सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिवारी र प्रमुख अतिथि विकले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्य तथा परिवार प्रतिनिधि, विद्यालयका जग्गादाता, पूर्व शिक्षक,पूर्व शिक्षक-अभिभावक सङ्घ प्रतिनिधि,बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा सदस्य लक्ष्मी कँडेल समाज सेवि चन्द्र कोईराला व्यावस्थापन समितिका सदस्य करण शेर्पा बुधबारे ईलाका प्रहरी प्रमुख ट्राफिक प्रमुख विभिन्न सघ संस्थाका प्रतिनिधिहरू अभिभावक विद्यार्थिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि विक, आदर्श मावि जयपुरका अध्यक्ष जीवनकुमार पाखरेल, वालकृष्ण दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई सम्मानित शिक्षक ज्ञान बहादुर धिमाल राजु पोडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुहुँदै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
विद्यालयको प्रङगणमा भएको कार्यक्रको सञ्चालन शिक्षीका लक्ष्मी देवी न्यौपानेले गर्नुभएको थियो ।